२६ मंसिर, दाङ- तुलसीपुर महोत्सव २०७८ मा जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरु निशुल्क प्रवेश गर्न पाउने भएका छन् । तुलसीपुर चेम्वर अफ कर्मशले आउदो पौष १ गतेदेखी १२ गते सम्म संचालन गर्न लागेको महोत्सवमा ६५ वर्ष माथिका सवै जेष्ठ नागरिकलाई निशुल्क प्रवेश गर्न दिईने महोत्सव मुल आयोजक समितिका संयोजक टोप बहादुर घर्तिले जानकारी दिनुभयो ।
उनीहरु महोत्सव अवलोकन गर्न आउदा सामाजिक सुरक्षा भत्ता कार्ड वा उमेर खुल्ने कागज लिएर आउनु पर्ने उहाले बताउनुभयो । यस्तैगरी अपाङगता भएका क र ख बर्गका व्यक्तिलाई पनि पुर्ण रुपमा छुट गरिएको छ भने विद्यार्थीहरुलाई दश प्रतिशत छुट गरिएको उहाले जानकारी दिनुभयो ।
महोत्सव अवलोकनका लागी प्रति व्यक्ति ५० रुपैया टिकट शुल्क तोकिएको छ । स्वरोजगार,आत्मनिर्भरता हाम्रो आधार, शहर देखी गाउँ सम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ माथिल्नो सिनेमा हल पुर्व तर्फ महोत्सव संचालन हुन लागेको छ ।