२७ मंसिर।
विगत १३ वर्षदेखी हङकङमा बस्दै आउनु भएका घोराही १५ का प्रमोद श्रेष्ठले ज्येष्ठ नागरिहरुलाई सहयोग गर्नु भएको छ । चिसो मौसम भित्रिएसँगै ज्येष्ठ नागरिकमा समस्या देखिने भन्दै घोराही १६ तेरौटेमा रहेको बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडाहरु सहयोग गरिएको छ ।
सहयोगी प्रमोद श्रेष्ठ, उहाँका भाई प्रविन श्रेष्ठ, राजमार्ग अनलाईनका सम्पादक तथा प्रवन्धक दिपक जिएम, दिपेश हमाल र अनुप गौतमको टोलीले आज बृद्ध आश्रममा पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको हो । आश्रमका ज्येष्ठ नागरिकलाई चिसो देखी बचाउन भन्दै ८ थान स्वीटर, ९ थान चोली, ट्राउजर १७ थान, टोपी १७ थान, जुत्ता १७ थान र ९६ दर्जन विस्कुट सहयोग गरिएको हो ।
सहयोगी श्रेष्ठले दुनदुखी बुवा आमाहरुलाई सहयोग गर्दा पाउदा निकै खुशी लागेको बताउनु भयो । आफ्नो मनको सन्तुष्टिको लागी ज्येष्ठ नागरिकलाई सहयोग गरेको श्रेष्ठले बताउनु भयो ।
बृद्धआश्रममा ७ जना महिला र ६ जना पुरुष गरी अहिले ६३ देखी ९३ वर्ष उमेर समुहका १३ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् । बृद्ध आश्रका सबै भन्दा ज्येष्ठ नागरिक पशुपती थारुले यसरी सहयोग पाउदा आफुलाई धेरै शुखी लागेको भन्दै धन्यवाद ब्यक्त गर्नु भयो । कार्यसमिती सदस्य भवानीराज भण्डारी र व्यवस्थापक हिरा शाहले पनि सहयोगी प्रमोद श्रेष्ठलाई धन्यवाद दिनुएको थियो ।