२७ मंसिर ।
दाङमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।
साथै दाङमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ८८ पुगेको छ । जसमध्ये २ हजार ९ सय ९२ जना संक्रमण मुक्त भएका छन् भने अहिले २ सय ४९ जना सकृय संक्रमित छन् ।
ति मध्य ४४ जना संस्थागत आइशोलेशनमा र २ सय ५ जना घरमै बसेको कार्यालयका कोरोना फोकल पर्सन कलम चन्दले जानकारी दिनुभएको छ । दाङमा अहिले सम्म २२ हजार ८ सय १६ जनाको स्वाव परिक्षण गरिएको छ ।।
प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार