२०८१ माघ १२ गते शनिवार

रोल्पामा जिप दुर्घटनामा परी घाइते युवकको उपचारकै क्रममा निधन



२६ कात्तिक,रोल्पा –
रोल्पाको रुन्टीगढी ९ सर्पालमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा निधन भएको छ । गत सोमबार भएको जिप दुर्घटनामा परी गम्भिर घाईते भएका सर्पालका २५ वर्षीय ऋषीराम बहकरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उहाको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गत सोमवार होलेरी बजारदेखी रुन्टीगढी गाउँपालिका वडा नं ९ सर्पाल जादै गरेको भे १ ज ५५५ नम्बरको जिप सर्पाल वडा कार्यालय नजीकै दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जना घाइते भएका थिए । घाइते मध्ये ६ सामान्य घाईते भएका थिए भने अन्य ६ मध्यम र गम्भिर घाईते भएका थिए । ती मध्ये एक जनाको उपचारकै क्रममा निधन भएको छ भने अन्य दुई जनाको उपचार भईरहकेो प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्