२०८१ माघ ४ गते शुक्रवार

तुलसीपुरमा अपरिचित युवाहरुको कुटपिटबाट दुईजना घाइते



२६ कार्तिक,घोराही –
दाङको तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यान पार्कमा वनभोज खान गएका युवक माथि कुटपिट भएको छ । अपरिचित १०÷१२ जना युवाहरुको कुटपिटबाट तुलसीपुर उपमहानगरपालिका ९ निबासी १७ बर्षका अविनाश नेपाली घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

घटनामा संलग्न युवाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी तुलसीपुर ५ को बगरपुरमा पनि २÷३ जना अपरिचत युवाहरुको कुटपिटबाट एक जना युवक घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका २३ बर्षका बम बहादुर श्रीरीस मगर रहेको प्रहरीले जनाएको छ । घाइते नेपाली र मगर दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्