२०८१ माघ ४ गते शुक्रवार

सल्यानमा शिक्षकले गरे पठनपाठन बन्द



२६ कार्तिक,घोराही –सल्यानको एक विद्यालयमा शिक्षकले पठनपाठन बन्द गरेका छन् । शारदा नगरपालिका १३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय स्यानीखालका शिक्षकले पठनपाठन बन्द गरेका हुन् ।

बिना कसुर शिक्षक कर्मचारीको तलबभत्ता रोकिएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेका छन् । शिक्षक कर्मचारी हकहित संघर्ष समिति गठन गरी विद्यालयका शिक्षक तथा कर्मचारीले तलबभत्ता नआउँदासम्म पठनपाठन नगर्ने बताएका छन् ।

अन्य शिक्षक तथा कर्मचारीले सेवासुविधा पाइरहँदा विवाद देखाउँदै आफुहरुको सेवासुविधा रोकिनु दुःखद भएको शिक्षक कर्मचारी हकहित संघर्ष समितिका संयोजक मेनुकाकुमारी बुढाथोकीले बताउनुभएको छ । माग पूरा नभएसम्म विद्यालयको पठनपाठन बन्द हुने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्