२०८१ माघ ७ गते सोमवार

भट्टराईद्वारा लिखित “स्वर्ग जाने बाटो” को घोराहीमा विमोचन



२७ कार्तिक ।
ब्रह्माकुमारी ईश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही दाङको आयोजनामा आज घोराहीमा लेखक विप्णुप्रसाद भट्टराईद्वारा लिखित “स्वर्ग जाने बाटो” नामक कृतिको विमोचन गरिएको छ ।
ब्रह्माकुमारीज घोराही दाङकी सञ्चालिका ब्रह्माकुमारी उर्मिला बैनीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख‌ अतिथि ब्रह्माकुमारीज राप्तीक्षेत्रका क्षेत्रीय प्रमुख राजयोगिनी गीता दिदीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो भने सो को समीक्षा समालोचक एवं साहित्यकार डा.कृष्णराज डिसीले गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राजयोगिनी गीता दिदीले भन्नु भयो  “मनुस्यको सोच विचार,र ब्यवहारमा आएको दुषिषताले आजको समाज नरक समान वनेको छ ।अब हामी सच्चिनुपर्छ,सबैको अस्तित्व स्विकार्दै र कर्म सिद्धान्तलाई आत्मसात गर्दै यस संसारलाई स्वर्ग बनाउन सकिन्छ।” हाम्रो संस्कृती, पहिचान एवं विज्ञान अध्यात्मलाई सन्तुलित जीवनका लागि अपनाउन आग्रह गर्नुभयो ।
उक्त समारोहका विशिष्ट अतिथि डिभिजनल वन अधिकृत विजयराज सुवेदीलाई स्वागत गरियो भने डि एफ ओ सुवेदी,रेडियो मध्य पश्चिमका अध्यक्ष मधुसुदन बैद्य,राप्ती साहित्य परिषदका जिल्ला अध्यक्ष कमलमणि देवकोटा लगायतले शुभेच्छा राख्नु भएको थियो ।
सो कृतिको संरक्षक,लेखककी जेष्ठ सुपुत्री एवं ब्रह्माकुमारीज प्युठानकी सन्चालिका ब्रह्माकुमारी भवानीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण ब्रह्माकुमार माधव तिमिल्सेनाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्