२७ कार्तिक । दाङको बंगलाचुलीमा राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समिती गठन गरिएको छ । सुमन घर्तीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा भिम बहादुर खत्री सचिव यमबहादुर घर्ती, सह–सचिवमा भुमा बुढा, कोषाध्यक्षमा सुर्य बहादुर खत्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हुकुम राना, नरबहादुर जिसि, शोभाराम घर्ती, धना कुमारी घर्ती, अनिता परियार, वीर बहादुर गोराथोकी, श्रीधर भण्डारी, बाबुराम राना, खगराज महरा, भरत भण्डारी, मिनराज पौडेल , भिमनिधि तिबारी रहनु भएको छ । त्यस्तै समितिको सल्लाहकारहरुमा तिलकराम घर्ती, भिम बहादुर बुढा र तोय बहादुर चुनारा रहनु भएको छ । भेलामा जिल्ला सदस्य तिलकराम घर्तीले नवगठित समितिलाई बधाइ ज्ञापन गर्नुभयो । सुमन घर्तीको अध्यक्षता तथा जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेला भएको हो ।
प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार