२७ कार्तिक ।
भिरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ । ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर महेन्द्रनगर नगरपालिका– ३ तिलकपुर घर भएका नेपाली सेनाका जवान निर्मल बोहराको मृत्यु भएको हो ।
सेनाका अनुसार घर बिदामा गएका बोहरा जाजरकोटस्थित मालिका ब्यारेक आउँदै गरेका थिए ।अप्ठ्यारो बाटोबाट रातिको समयमा ब्यारेक जान खोज्दा गलत बाटो प्रयोग गर्दा लडेर घाइते अवस्थामा पुगेका उनलाई स्थानीय यातायात व्यवसायीले उद्धार गरेर जिल्ला अस्पताल पुऱ्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छ्न । प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको पाइएको छ ।