२०८१ चैत्र ११ गते सोमवार

पूर्व सांसद तथा राज्यमन्त्री गौचनको निधन



२७ कार्तिक । बागलुङ जिल्ला साबिक क्षेत्र नम्बर–३ का पूर्व सांसद तथा राज्यमन्त्री ओमकार प्रसाद गौचनको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको छ । ‘ लुम्बिनी क्षेत्र विकाश कोषका उपाध्यक्षसमेत रहेका गौचन सादगी जीवन बिताएका रजनीतिकज्ञ तथा सामाजिक अभियन्ता थिए ।

गौचनले थकाली जातिको रितिरिवाज संस्कार, भाषा, भेषभुषा र थातथलोप्रति गहिरो अध्ययन गरेका थिए । बागलुङको साविक बोङ्गादोभानमा जन्मिएका गौचन पछि सदरमुकाम बसाइँ सराई गरेका थिए ।

थकाली भाषासँगै नेपाली पत्रकारितामा समेत उनको ठूलो योगदान रहेको थियो । बागलुङ बजारमा उनले पहिलो पटक पत्रिका प्रकाशनसमेत गरेका थिए ।

गौचन आदिवासी महिला अधिकारकर्मी योशोकान्ति भट्टचनकी पिता र चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनका ससुरा हुन ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्