२७ कार्तिक । दाङ जिल्लाका प्याब्सन अन्तर्गतका संस्थागत विद्यालयहरुमा मंसिर ५ गतेसम्म बिदा हुने भएको छ । हिन्दुहरुको महत्वपूर्ण पर्व तिहार तथा छठको अवसरमा कार्तिक २८ गतेदेखि मंसुर ५ गतेसम्म बिदा हुने प्याब्सन दाङले जनाएको छ ।
प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढा र सचिव खगेश्वर पौडेलले आज बिहीबार एक विज्ञप्ति जारी मंसिर ५ गतेसम्म बिदा हुने बताएका हुन् । मंसिर ६ गते शनिबार परेकाले अब संस्थागत विद्यालयहरु मंसिर ७ गतेबाट मात्र पुनः सञ्चालनमा आउने छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार