२६ असोज,घोराही –
प्यूठानमा भिरबाट लडेर एक पुरुषको मृत्यू भएको छ । प्यूठान नगरपालिका २ आरनेटा निबासी ६७ बर्षिया शिबबहादुर सुनारको भिरबाट लडेर घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
सुनार मिलबाट घर फर्कदै गर्दा सोहि ठाउँको मसेरीको भिरबाट लडेर मृत्यू भएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । सब पोष्टमार्टमको लागी जिल्ला अस्पताल बिजुबारमा राखिएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार