२७ भदौ, घोराही –
घोराही उपमहानगरपालिका भित्रका सबै बिद्यालय भोलि देखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलि देखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन ।
स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभएको छ ।
नगर कार्यपालिकाको विद्यालय खोल्ने निर्णयको सिफारिस जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रमा पठाइ त्यहाबाट अनुमोदन गरी विद्यालय खोल्ने निर्णय भएको उहाँको भनाइ छ । कोरोना संक्रमणका कारण गत चैत महिना देखि दाङका विद्यालय बन्द छन् ।।