२०८२ बैशाख ९ गते सोमवार

तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप अभियानको तयारी



२७ भदौ, तुलसीपुर –
दाङको तुलसीपुरमा १५ दिने निःशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिने भएको छ । रेबिज बारे तथ्य बुझौं, त्रसित नहोऔं भन्ने नारा सहित विश्व रेबिज दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका अन्र्तगत पशु सेवा शाखा तुलसीपुरले खोप कार्यक्रमको आयोजना गरेको हो ।

भदौ २९ गतेदेखि असोज १२ गतेसम्म तुलसीपुरमा रहेको पशु सेवा शाखाको प्राङगनमा निःशुल्क रेबिज खोप कार्यक्रम संचालन हुने वरिष्ठ पशु चिकित्सक सुवाश आचार्यले जानकारी दिनुभएको छ ।

यसैबिच आचार्यले घरमा पालिएका कुकुरहरुलाई समयमै रेबिज खोप लगाउन अनुरोध गर्नुभएको छ । पशु सेवा शाखाले प्रत्यक बर्ष रेबिज खोपको कार्यक्रम गर्दै आइरहेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्