२७ भाद्र, तुलसीपुर –
दाङ भ्याली यातायात प्रा।लिले नयाँ कार्यसमिती चयन गरेको छ । आईतवार तुलसीपुर उपमहानगरपालिका ५ (ख) लाईन स्थित कार्यालयमा एक कार्यक्रम बीच नयाँ कार्यसमिती चयन गरिएको हो । संस्थाको अध्यक्षमा बेत प्रकाश वली , उपाध्यक्षमा नहुस कुमार लामिछाने, सचिवमा लक्ष्मण खड्का, कार्यालय प्रमुखमा महेन्द्र महरा, प्रशासन सहायकमा रमिता चलाउने, फिल्ड ब्यवस्थापनमा सिता न्यौपाने र बिष्णु कुमारी वली चयन भएका हुन ।संस्थाको प्रेस सल्लाहकारमा सुसिल बस्नेत र कानुनी सल्लाहकारमा कृष्ण महरा चयन हुनुभएको छ ।
यस्तै, संस्थाको सदस्यमा पोस्कर बस्नेत, गुमान सिंह वली, घिरज रावत, चित्र बहादुर नेपाली, सन्तोष वली, सुसिल चौधरी, पुष्कर चौधरी, रिम बहादुर चौधरी, नारायण चौधरी, ज्ञान बहादुर चौधरी, मंगल सिंह नेपाली, खिम बहादुर बाठा, कल सिंह खत्री, दिपेन्द्र बुढाथोकी, तोज बहादुर डाँगी, डिल्ली बहादुर बि।क, सुरज बि।क, झग बहादुर चौधरी, मेघ बहादुर घर्तीमगर, शोभाराम घर्ती, पोष्ट बहादुर घर्ती, अर्जुन वली, चयन हुनुभएको छ । संस्थाले अहिले तुलसीपुर क्षेत्रमा करिब २०० बढी तिन पाङ्ग्रे अटो टेम्पो दर्ता गरी सञ्चालन गरीरहेको छ । तुलसीपुर क्षेत्रमा मात्र नभई अब घोराही र नारायणपुरमा समेत केही समयमा शाखा बिस्तार हुने तयारीमा रहेको दाङ भ्याली यातायात प्रा।लि अध्यक्ष बेत प्रकाश वलीले जानकारी दिनुभयो ।
अटो टेम्पो ब्यवस्थापनमा चुनौती भईरहेका बेला सिमित अटोलाई सुबिधासम्पन्न र ब्यवस्थीत तरिकाले सञ्चालन गर्ने संस्थाको लक्ष्य रहेको उपाध्यक्ष नहुस कुमार लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन चालकहरुलाई निर्देशन समेत गरिएको थियो । संस्थाले भैपरी आउने दुर्घटनाका लागि भलाई कोषमा आबद्घ भई आर्थिक भार कम गर्ने निती समेत ल्याएको छ जसबाट दुर्घटना भएमा सवारी धनी र संस्थाको आर्थिक भार कम हुनेछ । सवारी दुर्घटनामा परि घाईते भएका चालक र यात्रुहरुले समेत सजिलै उपचार पाउने भएका छन् ।।