२७ भदौ, घोराही –
दाङमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा बंगलाचुलीका २ जना र घोराहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैविच आज थप ७ जना कोरोना मुक्त भएका छन् । जस अनुसार घोराहीका ५ जना, तुलसीपुर र शान्तिनगरका एक÷एक जना निको भएका हुन् । दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ४८ रहेको छ ।
ति मध्य ३४ जना घरमा, ८ जना आईसियूमा र ६ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
साथै बैशाख यता दाङमा ८ हजार ९ सय ७६ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय १४ जना निको भएका छन् । दाङमा बैशाख यता कोरोना संक्रमणका कारण कारण २ सय १४ जनाको मृत्युभएको छ ।।