२७ भदौ ,घोराही-
दाङबाट कक्षा १२ को परिक्षामा सहभागी हुने परिक्षार्थिहरुले आजदेखी कोरोना भाईरस विरुद्धको खोप लगाउन सुरु गरेका छन् । कक्षा १२ को परिक्षा दिने तयारीमा रहेका विद्यार्थिहरु अहिले खोप केन्द्रमा परिक्षामा सहभागी हुने प्रवेश पत्र र उमेर खुल्ने कागज पत्रसहित खोप लगाउन पुगेका छन् ।
यस्तै खोप लगाउनका लागी १८ वर्ष उमेर नपुगेका परिक्षार्थिहरुले भने खोप नलगाएरै परिक्षामा सहभागी हुन पाउने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहीले जानकारी दिनुभएको छ । अहिले दाङका अधिकांश खोप केन्द्रमा विद्यार्थिहरुको घुईचो देखिएको छ । आज र भोली दुई दिन गरेर दाङबाट कक्षा १२ को परिक्षामा सहभागी हुन लागेका १० हजार बढी विद्यार्थीलाई कोरोना भाईरस विरुद्धको एष्ट्राजेनेका खोप लगाउने लक्ष्य लिईएको छ ।
१० वटा स्थानीय तहमा खोप केन्द्रबाट विद्यार्थीहरुलाई कोरोना विरुद्धको एष्ट्राजेनेका खोप लगाउने काम अहिले भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीमा तीन हजार आठ सय ४६, तुलसीपुरमा तीन हजार तीन सय ८९, लमहीमा नौ सय ९९, राप्ती गाउँपालिकामा सात सय ११, बबईमा एक सय ९१, बंगलाचुली गाउँपालिकामा ५२, दंगीशरणमा ८७, गढवामा चार सय ५८, राजपुरमा एक सय ३३ र शान्तिनगरमा दुई सय ९१ गरी १० हजार एक सय ५७ जना विद्यार्थीलाई कोरोना भाईरस विरुद्धको खोप लगाईने छ ।।