२०८१ माघ ७ गते सोमवार

आज थारू समुदायले अट्वारी पर्व मनाउँदै



२७ भदौ,घोराही  –
थारू समुदायले आज अट्वारी पर्व मनाउँदैछन् । दाङ, बाँके, बर्दिया, कैलाली  र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अट्वारीलाई मनाउने गर्छन्। तीजपछिको पहिलो आइतवार व्रत बस्ने र सोमवार सकिने गर्छ ।

आइतवार दिनभरि व्रत बसेर दाजुभाइले बेलुका पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्छन् । पर्वको पहिलो रात दरका रुपमा भात, माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ ।

परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । पर्वका अवसरमा केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन् ।।
महामारीले बनाएको स्वरोजगार

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्