२०८१ जेष्ठ ५ गते शनिवार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त



२८ साउन, घोराही—नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उहाँलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।

उहाँले भर्खरै नियुक्तिपत्र बुझेको माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताउनुभएको छ । केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ’क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका शंकर पोखरेलको राजीनामा सँगै प्रदेश प्रमुख अमिक शेरचनले आज ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

मुख्यमन्त्री केसीको आजै शपथ हुँदैछ । अहिले ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन हुनेछ । जसमा मुख्यमन्त्री सहित ६ जना मन्त्री रहनेछन् ।।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्