२०८१ जेष्ठ ५ गते शनिवार

भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते



२८ साउन, जुम्ला – जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् ।

चन्दननाथ नगरपालिका-६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान्-श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् ।

सदरमुकाम खलंगा बजारमा मोवाइल पसल गरिरहेका उनीहरु बिहान कोठाबाट पसल जाँदै गर्दार् भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

निर्मलाको अनुहारमा र हिमबहादुरको टाउकोमा चोट लागेको र उनीहरुको कणरली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रणमा लिन नसकिएको र त्यसको खोजी कार्य भैरहेको डीएसपी थापाले बताए ।

 

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्