२०८१ जेष्ठ ३० गते बुधवार

लुम्बिनी प्रदेशमै खाद्य बालीमा दाङ अगाडि



२८ असार, घोराही – लुम्बिनी प्रदेशमा दाङ जिल्ला खाद्य बालीले क्षेत्रफल ओगट्ने जिल्लाको सूचीमा सबैभन्दा अगाडि देखिएको छ । पछिल्लो आर्थिक सर्वेक्षणमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै खाद्य बालीको क्षेत्रफल दाङ जिल्लामा छ भने सबैभन्दा कम पूर्व रुकुम जिल्ला पर्दछ ।

दाङ जिल्लाले खाद्य बालीमा प्रदेशको कुल १५ दशमलव १४ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै पहाडी जिल्ला पूर्वी रुकुमको २.२३ प्रतिशत हिस्सा छ । कपिलवस्तु जिल्ला दोस्रोमा छ । खाद्य बालीमा कपिलवस्तुले १४।१० प्रतिशत क्षेत्रफल ओगटेको छ । खाद्य तथा बालीमा रुपन्देहीले १३.८१ प्रतिशत, बर्दियाले १३.६९ प्रतिशत र बाँकेले ९।६६ प्रतिशत क्षेत्रफल ओगटेका छन् ।

नवलपरासीले ५.७४ प्रतिशत, गुल्मीले ७.९६ प्रतिशत, पाल्पाले ५.२९ प्रतिशत, अर्घाखाँचीले ४.४६ प्रतिशत, प्युठानले ४.१८ प्रतिशत र रोल्पाले ३।७५ प्रतिशत हिस्सा ओगटेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार कोदो, फापर, गहुँजस्ता बालीको क्षेत्रफल वृद्धि भएको छ । गुल्मी र नवलपरासी पश्चिम जिल्लामा कोदो बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । यस्तै पूर्व रुकुम, रोल्पा, प्युठान र दाङ जिल्लामा फापर बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको जनाइएको छ ।

 

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्