२८ असार,काठमाण्डौ –
हिन्दु नेपाली नारिको विशेष पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गितहरु बजारमा धमाधम आउन थालेका छन् । त्यसैक्रममा दिपक लामा र करिश्मा ढकालको भुइँ छोयो सारीले बोलको गित बजारमा आएको छ ।
चर्चित लोक दोहरी गायीका पूर्णकला बि.सी र खेमराज गौतमको स्वरमा रहेको गीतलाई लय शब्द पनि खेमराज गौतमले नै गरेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रेकड भएको गीतलाई सुमन रानाको रेकडिङ र कुमार रानाको मिक्सिंग रहेको छ । उक्त गितको भिडियोमा उमेश राना, बशन्त बि.क, सोनाम पुन, इनाम दुताराजको सपोटिङ्ग स्वर रहेको छ ।
सुजन गोर्खालीको निर्देशन र प्रकास खडकाको क्यामरा रहेको गीतको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन भने गीतको सुटिङ्ग धर्मस्थली नयाँ घरमा भएको हो ।
दिपक लामा, करिश्मा ढकाल, निकिता श्रेष्ठ र अस्मिता थापाको अभिनय रहेको गीत अनि भिडियोलाई मगर काजीले प्रोडक्सन गरेका हुन् ।।
भिडियो पनि हेर्नुहोस्…