२८ असार, काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सोमारको सर्वोच्च अदालतको फैसलाप्रति विमति जनाउँदै ‘सर्वोच्चमा गोरु व्याएको’ टिप्पणी गरेका छन् ।
सर्वोच्चले आज असार २८ गते संसद् विघटनलाई पुनःस्थापना गरेपछि प्रतिक्रिया दिएका उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘वरिष्ठ राजनितिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटी लिएँ–सर्वोच्च अदालतमा आज गोरू व्यायो ।’
साथै, सर्वोच्चको फैसलाले देशमा जटिलता उत्पन्न भएको र देश अस्थिरतामा फस्ने खतरा रहेको पनि उनले बताए ।।
प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार