२०८१ चैत्र १० गते आइतवार

तुलसीपुरमा अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस



३० जेठ,तुलसीपुर- दाङ तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिएका छन।
बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए। गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस्