२०८१ जेष्ठ ३० गते बुधवार

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित



२९ जेठ, घोराही- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । आइतवार बसेको प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्