२८ जेष्ठ,घोराही – वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका रोल्पाली युवाहरूको विशेष समन्वयमा गठन गरेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले दाङमा पनि आफ्नो शाखा विस्तार गरेको छ। देश तथा विदेशमा रहेका रोल्पालीहरूलाई गोलबन्द गराउने उद्देश्यसहित समाजले दाङमा शाखा विस्तार गरेको हो।
शनिबार घोराही स्थित पत्रकार महासंघ दाङ शाखाको हलमा संस्थाका केन्द्रिय उपाध्यक्ष तोपबहादुर पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं १४ का अध्यक्ष भानसिंह बुढाको प्रमुख आतिथ्यमामा सम्पन्न भएको बेलाले ओम प्रकाश खड्काको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्ष पदमा भिमसेन डाँगी, उपाध्यक्षमा कृष्ण कुमार वली, महिला उपाध्यक्षमा कल्पना घर्ती मगर, महासचिवमा जेपी केसी, सचिवमा पवन रसाइली, सहसचिवमा रामचन्द्र डाँगी, कोषाध्यक्षमा, निशान वली, प्रवक्तामा घनश्याम गिरी, सदस्यहरूमा सूर्यबहादुर कुमाखी, नरबहादुर घर्ती मगर, कल्पना घर्ती मगर, श्याम कुमारी घर्ती मगर, अरुणा घर्ती मगर, देवराज खड्का, उमानसिंह बिक, जयकुमारी राना मगर, देउमती पुन मगर, हिरा घर्ती मगर, दिलकुमारी घर्ती मगर, र हर्कमाली घर्तीमगर चयन हुनुभएको छ।
रोल्पाली समाजले शाखा विस्तारसँगै साउदीको जेलमा जेल जीवन बिताई रहेका रोल्पा त्रिवेणी गाउँपालिका वडा नं। १ का टिकाराम घर्ती मगरका लागि आर्थिक सहयोग समेत गरेको छ। समाजले टिकाराम घर्ती उद्धार अभियानमा अन्तर्गत कुल १९ लाख ६ हजार ६ सय ९८ रुपैयाँ टिकाराम घर्तीको श्रीमती रमिता घर्ती मगरलाई हस्तान्तरण गरेको थियो ।
साउदी जेलमा रहेका घर्तीको उद्धारका लागि हालसम्म उठेको रकम पर्याप्त हुने भएकाले रकम संकलन अभियान समाप्त भएको घोषणा अभियानका संयोजक दिलाराम वलीले गर्नुभएको थियो । उहाँले सहयोग गर्ने देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण सहयोगदातालाई धन्यवाद समेत दिनुभयो। वली आफू पनि दुवै मृगौला फेल भएको बेला अन्तराष्ट्रिय रोल्पाली सेवा समाजकै कारण पुनः जीवन पाउन सफल भएको भन्दै संस्थालाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो।
शाखा विस्तार तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस घोराहीका सभापति तिलक रावतले मानवताको नाताले गरिने सेवा विश्वकै सर्वोतम सेवा भएको भन्दै रोल्पाली समाजले गरिरहेको कामको प्रशंसा गर्नुभएको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष सन्दिप थापाले भन्नुभयो, ुटिकाराम जस्ता हजारौं नेपाली नागरिकको उद्धार गर्ने जिम्मा राज्यको हो तर, सरकार बेखबर रहेको छ। यस अवस्थामा आफ्नो एक छाक कटाएर जुन प्रकारले सहयोग गर्नुभएको छ त्यी सहयोगीहरु महान छन्।ु, उहाँले भन्नुभय, ुहामीले एक रोल्पालीलाई पिडा पर्दा अर्को रोल्पालीलाई पनि पिडा परे सरह हुनुपर्छ भन्ने उद्देश्य सहित संस्था स्थापना गरेका थियौं हाल उद्देश्य अनुसारको संस्थाले गति लिँदै गर्दै ज्यादै खुसी लागेको छ।ु
रोल्पाली समाजले अब सहयोगको भूमिका मात्र नभई विकासको भूमिकामा समेत उभिने उहाँको भनाइ रहेको छ । उहाँले युवाहरुलाई सकभर विदेश नजान जानै परे शिप सिकेर मात्र जान समेत सुझाव दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा घोराही उपमहानगरपालिका वडा नं। १४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगीले रोल्पालीहरुकै कारण एकादम्क व्यवस्था परिवर्तन भएको भन्दै अब जीवन परिवर्तनका लागि रोल्पालीहरुले विशेष भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले गरेको सामाजिक कामको प्रशंसा गर्दै आफुले यस समाजलाई समाजसेवा पदकका लागि सिफारिस गर्ने अभियान चलाउने बताउनु भयो । पद प्रतिष्ठाको प्रलोभनमा नपरी विसुद्ध समाजसेवाको भावले काम गर्ने यस समाजको अभियानमा आफुले पनि एउटा इँटा थप्ने काम गर्ने बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि भानसिंह बुढाले आफू पनि रोल्पाली भएकाले यस संस्थाप्रति आफ्नो लगाव अतिनै रहेको बताउनु भयो। उहाँले आफ्नो व्यक्तिगत र वडाको तर्फबाट उपलब्ध गराउन सकिने जस्तोसुकै सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाँले जात र भेग नहेरी सम्पूर्ण रोल्पालीको सहयोगमा हातेमालो गर्न संस्थालाई आग्रह समेत गर्नुभयो।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज आफ्नो सामाजिक काममा सहजता ल्याउन साउदी, युएई, कतार , मलेसिया, जापान, बहराइन, कुबेत, मौरिसस र भारतमा यसअघिनै शाखा विस्तार गरिसकेको छ भने नेपालमा दाङ पहिलो शाखाको रुपमा विस्तार गरेको हो।