२०८१ जेष्ठ ५ गते शनिवार

आधा दर्जन गाडी तोडफोडमा संलग्न दुई जना पक्राउ



२९ जेठ, दाङ– दाङको लमहीमा गए राती आधा दर्जन गाडी तोडफोड गर्ने दुई जना युवालाई लमही प्रहरी पक्राउ गरेको छ । लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाडाका २६ वर्षिय रोशन भेटवाल वडा नम्बर ६ देउपुरका २७ वर्षिय सुदन केसी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुुभयो ।

प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभैइ मादक पदार्थले मातिएर गरेको बताएका प्रहरी निरीक्षक पौडेलले बताउनुुभयो। लमही ५ निवासी आशिष् न्यौपानेको भे १ च २७२६ नम्बरको बोलेरो, सीता रेग्मीको भे १ च २८१२, दिलिप जिसीको लु १ ख ९१४९ नम्बरको बस, कौसल जैसवालको ना ८ ख ५३५० डिलक्स बस, दिनेश आचार्यको १७५९ नम्बरको मिनि ट्रक, केशब घिमिरेको सामान ढुवानी गर्ने रा १ च १२८८ नम्बरको सानो भ्यान, मिनराज पाण्डेको प्र ३ – २२-२९७२ न को कार, र भरत बिश्वकर्माको बा २१ च ९८९५को गाडी माथी तोडफोड भएको थियो । पक्राउ परेका युवाहरुलाई कानुन अनुशार हदै सम्मको कारबाही हुने प्रहरी निरीक्षक पौडेलले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्