२०८२ बैशाख १० गते मङ्गलवार

दाङमा एमालेको वडा तहका ९० प्रतिशत उम्मेदवार सर्वसम्मत



२९ चैत,घोराही- नेकपा एमाले दाङले जिल्लाका वडाहरुमा ९० प्रतिशत उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ । १० प्रतिशत वडामा भने दुई वा दुई भन्दा बढी अध्यक्षसहितको उम्मेदवार सिफारिस भएका छन् ।

आइतवार र सोमवार जिल्लाभरका वडाहरुमा उम्मेवार चयनको प्रक्रिया भएको थियो ।एमाले दाङका सचिव मनोहर बुढाथोकीका अनुसार जिल्लाका दश पालिकाका १ सय वडाहरुमा ९० प्रतिशत उम्मेदवार सर्वसम्मत छनोट भएका छन् ।

१० प्रतिशत वडामा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । दुईभन्दा बढी नाम सिफारिस भएर आएका नाममा अध्ययन र जाँचबुझ गरेर योग्य र चुनाव जित्ने व्यक्ति नै उम्मेदवार बन्ने उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्