२०८० फाल्गुन ११ गते शुक्रवार

दलितमा चेतना आउँन जरुरी छ: नेता आचार्य



२९ चैत्र,घोराही – नेपाल दलित मुक्तिमोर्चा घोराही–१४ को भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल दलित मुक्तिमोर्चा वडा नंम्वर १४ ले भेला आयोजना गरेको हो । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यले नेपालमा केन्द्रिकृत राज्य व्यबस्थाका कारण बिभेद कायम रहेको उल्लेख गर्नुभयो ।

भेलाको प्रमुख अतीथी समेत रहनु भएका आचार्यले छुवाछुत अन्त्य गर्न नेपालमा सम्पूर्ण दलित एक ठाउँमा आउन आबश्यक रहेको उल्लेख गर्नुभयो । दलित समुदाय सिप र श्रममा विश्वास गर्ने समुदाय भएका कारण आम दलितको चेतना स्तरमा परिर्वतन आए यो समुदायमा आर्थिक बिकासमा टेवा पुग्ने बताउँनुभयो ।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन तानाशाह विरुद्धको लडाई भएको भन्दै यो लडाईमा सहभागि हुन सबै मतदातालाई आग्रह गर्नुभयो । प्रशिक्षणलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य भिमकुमारी बाठाले नेपालमा जनयुद्ध सुरु भएर मात्रै उत्पीडित समुदायले अधिकार पाएको बताउनुभयो ।

भेलालाई नेकपा माओवादी केन्द्र घोराही नगरका कोषाध्यक्ष दिलकुमारी बुढा, लुम्बिनी प्रदेशका सदस्य मिलन डाँगी, पुनम सेर्पाली, प्रशुराम श्रेष्ठ, दलित मोर्चाका केन्द्रीय सदस्य राजु परियार, वडा अध्यक्ष शक्तिराम डाँगी, पार्टी अध्यक्ष कृतिमान पुन, सचिव अनिल सेर्पालीलगाएत बोल्नु भएको थियो ।

अध्यक्षमा मानबहादुर
भेलाले मानबहादुर नेपालीको अध्यक्षतामा १७ सदसिय वडा कमिटी गठन गरेको छ । उपाध्यक्ष रामप्रसाद नेपाल, लालबहादुर बि.क, सचिव रुपलाल बिक, सहसचिव रेखा बिक, कोषाध्यक्ष देवी सार्की रहनु भएको छ । सदस्यहरुमा भुपबहादुर नेपाली, मोहन नेपाली, लक्ष्मी सार्की, अमृता बिक, रमा बिक, श्रीदेवी बिक, देवा बिक, माधव बिक, सरिता बिक र सुष्मा नेपाली रहनु भएको छ ।

भेला मोर्चाका अध्यक्ष मानबहादुर नेपाली सुन्दरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्रका १४ नंम्वर वडाका सचिवालय सदस्य सभाष नेपालीले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्