२०८१ साउन ४ गते शुक्रवार

पाठ्यपुस्तकमा २०७७ सालकै मूल्य लागू गर्न निर्देशन




२९ चैत,घोराही-
पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकमा यस वर्ष पनि २०७७ सालकै मूल्य लागू गर्न निर्देशन दिएको छ । केन्द्रले एक सूचना निकालेर कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालका लागि स्वीकृत गरिएको मूल्य नै यथावत् रहेको र त्यहीअनुसार मूल्य लागू गराउन निर्देशन दिएको हो ।

केन्द्रले कक्षा १ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा १० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को पुस्तकको मूल्य विवरणअनुसार लागू गर्न/गराउन भनेको छ ।

केन्द्रले सूचनामा कक्षा ७ को ऐच्छिक विषयबाहेक सबै कक्षाका मूल्यसूची पनि प्रकाशित गरेको छ । विवरणमा समावेश नभएको कक्षा ९ को ऐच्छिक विषयको पाठ्यपुस्तकको हकमा भने पेजमा नै मूल्य छपाएर वितरण गर्ने जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्