२०८० फाल्गुन १२ गते शनिवार

घोराही–लमही सडक खाल्डाखाल्डीसँगै धुलैधुलो



२९ चैत,घोराही- जिल्लाको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्ड खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त छ ।
सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डी र पछिल्लो समय सडकका घुम्तीहरु चौडा गर्ने क्रममा विभिन्न ठाउँमा काटिएका कारण खाल्डाखुल्डीसँगै धुलोका कारण सडकको अवस्था अस्तव्यस्त बन्न पुगेको हो ।

२३ किलोमिटरको दुरी रहेको उक्त सडकखण्डमा खाडल र धुलोका कारण अस्तव्यस्त मात्र सडक बनेको छैन । दुर्घटनाको जोखिम समेत बढाएको छ । सडकको नियमित मर्मत सम्भार नहुँदा विभिन्न ठाउँमा कालोपत्रे उप्किनका साथै घुम्तीहरुमा धुलो र खाडलका कारण यातायातका साधन चलाउन चालकलाई हम्मे–हम्मे पर्ने गरेको छ ।

गर्मी मौषसमा गाडी हिँड्दा उड्ने धुलोसँगै सडकमा परेका खाल्डाखुल्डी कारण सवारी साधन चलाउन समस्या हुने गरेको सवारी चालक दीपक खड्काले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्