३० चैत,कपिलवस्तु । मुख्यमन्त्री शंकर पोख्रेलले लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको बताउनु भएको छ ।
कपिलवस्तुको अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको हिरक महोत्सवमा बोल्दै मुख्य मन्त्रीले उच्च शिक्षाको अध्ययन गर्नका टाढा जानु पर्ने बाध्यता भएको क्षेत्रका प्रदेश विश्व विद्यालय स्थापना गरी क्याम्पस संचालन गर्ने बताउनु भयो ।
विश्व विद्यालय संचालनका लागि सरकारले निति बनाउने काम अगाडी बढाएको छ । प्रदेश सरकारको लगानीमा क्याम्पसको पहुँच नभएका क्षेत्रको अध्ययन गरी ति क्षेत्रमा क्याम्पस स्थापना गर्ने मुख्य मन्त्री पोख्रेल बताउनु भयो ।
कार्यक्रममा सम्वोदन गर्दै उहाँले मधेसमा शिक्षाको पहुँच बृद्धी गर्न सरकारले ध्यान दिएको बताउनु भयो । प्रदेश सरकारले शिक्षाको पहुँच बढाउँनका लागिकक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्रा, दलित तथा मुस्लिम विद्यार्थीलाई छात्रवृतीको व्यवस्था गरेको बताउनु भयो ।
छात्रवृतीका कारण विज्ञान विषय पढ्ने बालिकाको संख्या तिन गुणा वृद्धी भएको समेत दावी गर्नु भयो । प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा मुस्लिम बालबालिकाको शिक्षामा पहुँचको लागि सरकारले चासो दिएको बताउनु भयो ।
कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवात्सव, रिना नेपाल, संविधान सभा सदस्य बलराम अधिकारी, राकेश कुमार पाठक लगायतले विद्यालयको प्रगतीको कामना गर्नु भएको थियो ।
कपिलवस्तुको भारतीय सिमा सँग जोडिएको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहको विद्यालय जिल्लाकै तेस्रो पुरानो विद्यालय रहेको विद्यालयमा प्रधानाध्यापक रमेशनाथ पाण्डेयले बताउनु भयो ।