२०८१ साउन ५ गते शनिवार

नेपालमा इतिहासकै धेरै डढेलो



३० चैत्र,घोराही ।
यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको कात्तिक महिनादेखि अहिलेसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको छ ।

यो संख्या नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै भएको प्राधिकरणका उपसचिव सुन्दर शर्माले जानकारी दिनुभयो । यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ ।

डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको छ । ६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण र १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

नयाँ घाँस पलाउने आशामा नागरिकले डढेलो लगाउँदा त्यसले ठूलो क्षति निम्त्याइरहेको पोखरेलको भनाइ छ ।यसपटकको इतिहासकै धेरै डढेलो लाग्नुमा मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो ।

यता दाङमा सामुदायिक र राष्ट्रिय गरि ३ दर्जन बढी वन क्षेत्रमा डढेलो लागेको छ । डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुने र बाक्लो तथा हानिकारक धुवाँका कारण मानब स्वास्थ्यमा असर पर्ने देखिएको छ ।।

 

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्