२०८२ बैशाख १२ गते बिहिवार

होटल व्यवसायीको नयाँ कार्यसमितिद्धारा भेटघाट तथा परिचयात्मक



२८ फागुन, घोराही- दाङ देउखुरी होटल व्यवसायी समितिको नवनिर्वाचित टिमले विभिन्न सरोकारवाला सँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष ईश्वर बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाको विशिष्ट अतिथ्यतामा भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख चौधरीले होटल व्यवसाय आर्थिक विकासको मुख्य आधार भएको भन्दै होटेल तथा पर्यटन व्यवसायीलाई प्रवर्धन गर्दै सुरक्षित व्यवस्थित र दिगो बनाउन सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । हरेक ठाँउबाट आउने आगन्तुक तथा पर्यटकहरु होटलसँग प्रत्यक्ष रुपमा पहुचमा हुने र होटल चलायमान बन्दा सबै क्षेत्र आर्थिक रुपमा बलियो बन्न सक्ने भएकाले यसको लाभ सबै क्षेत्रले लिन सक्ने बाताउनुभयो । उहाँले नवनिर्वाचित टिमले संस्थागत विकासलाई जोड दिदै व्यवसायीलाई अप्नत्व महशुस गराउदै सदस्यता बढाएर लैजान सुझाव दिनुभयो ।

व्यवसायीहरुले पनि आफुहरुको आफ्नो अभिभावकिय संस्था हो भन्ने बुझेर जोडिएर यसबाट लाभ लिन आवश्यक रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी बुढाले होटल व्यवसाय रात्रिकालिन व्यवसाय भएकाले पनि राति होटल खोल्ने समय बढाउने विषयमा प्रशासनले साथ दिने बताउनुभयो । कार्यक्रममा समितीका अध्यक्ष बुढाले समितिको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै होटल उद्योगलाई अझ प्रतिस्पर्धी र दीगो बनाउनका लागि आगामी योजना प्रस्तुत गरेको छ ।

व्यवसाय प्रवर्धनका लागि स्थानीय महोत्सव तथा प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय सञ्चालनको लागि समय तथा सुरक्षाको प्रत्यभुती दिलाउने, व्यवसाय दर्ता कर तथा लेखा प्रणाली सम्बन्धी तालिमको संचालन गर्ने, दाङ जिल्लाको पर्यटन व्यवसाय अवसर सम्भावना र चुनौती विषयक विचार गोष्ठी संचालिन गर्ने, दाङ जिल्लाको धार्मिक सास्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने, व्यावसायिक शिप सिकाई आदानप्रदान अवलोकन तथा अध्ययन भ्रमण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्दै श्रमिक व्यवस्थापन मा सहज गराउने, डिजिटल प्रविधि को उपयोगगरी डिजिटल मार्केटिङ मा जोड दिने, सहुलियत दरमा कर्जा को लागि पहल गर्ने र स्वास्थ मापडण्द अनुसार ब्यबसाय संचालनका लागि पहल गर्ने योजनाहरु अगाडी सारेको अध्यक्ष बुढाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्तीले होटल व्यवसायीलाई सुरक्षित बनाउने कुरामा व्यवसायीसँग समन्वय गर्दै आफुहरुले काम गर्ने बताउनुभएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशीले व्यवसायीहरुको हितमा केन्द्रित भएर समय सापेक्ष बन्दै आफ्‌ना गतिविधिलाई सञ्चालन गर्न सुझाव दिनुभएको थियो । चेम्बर अफ कमर्स दाङका अध्यक्ष विकास अग्रवालले होटल व्यवसायीहरुले होटलको स्तर अनुसार मुल्यमा एकरुपता ल्याउनुपर्ने बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले दाङमा व्यवसायिक गतिविधिलाई बढाउदै आर्थिक समृद्धि ल्याउनका लागि फरक तरिकाले नयाँ योजनाका साथमा काम गर्न आवश्यक रहेको भन्दै रात्रिकालिन व्यवसायलाई जोड दिनपर्ने बताउनुभएको थियो । समितिका पूर्व सचिव घनश्याम अधिकारीले विगतका दिनको तुलनामा वर्तमान समयमा होटल व्यवसायीहरुले धेरै सुरक्षित वातावरण पाएका भन्दै यसलाई अझ सुरक्षित बनाउदै लैजानुपर्नेमा धारणा राख्नुभएको थियो । समितीका द्वितीय उपाध्यक्षमा वुद्धिप्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव श्यामकुमार बिकले गर्नुभएको थियो ॥

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्