२०८० फाल्गुन ११ गते शुक्रवार

नेपाल बुद्धिजीवि परिषदः अध्यक्षमा गौतम




२८ फागुन, घोराही – नेपाल वुद्धिजीवि परिषदको सातौँ अधिवेशनबाट विकास गौतम अध्यक्षमा चयन हुुनुुभएको छ । परिषदको आज घोराहीमा सम्पन्न अधिवेशनले गौतमलाई अध्यक्षमा चयन गरेको हो । परिषदका अध्यक्ष पहलबहादुर डाँगीको अध्यक्षता तथा नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं दाङ जिल्ला ईन्चार्ज नरुलाल चौधरीको प्रमुुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा तीर्थराज न्यौपाने, सचिवमा पदम न्यौपाने, सहसचिवमा लहर आचार्य, कोषाध्यक्ष तारा पौडेल तथा सदस्यमा पहलबहादुुर डाँगी, ताराप्रसाद भुुसाल, गोविन्द खनाल, दीपक यादव, राजेश क्षत्रीलगायत २० जनालाई आगामी कार्यकालका लागि चयन गरेको छ ।

राष्ट्रियता र समाजवाद उन्मुख समुुन्नत नेपाल, आसन्न निर्वाचनमा दक्षिणपन्थी अवसरवादलाई परास्त गरास्त गरौँ भन्ने मूूल नाराका साथ आयोजित अधिवेशनलाई सम्बोधन गर्दै प्रमुुख अतिथि चौधरीले समाजवादको यात्रामा नेपाल अघि बढ्नुुको विकल्प नरहेको बताउनुुभयो । जसका लागि राष्ट्रियता र समाजवादका लागि वुुद्धिजीविहरु सजग र गम्भीर भई अघि बढ्नुुपर्ने बताउनुुभयो ।

उहाँले मुुलुुकको हीतका लागि वुद्धिजीविहरुको भूमिका अहं हुुने हुुँदा वैचारिक रुपमा तय गरिएका समाजवादका विषयलाई नागरिक समक्ष स्पष्ट रुपमा पुर्याउन पहल हुुनुुपर्नेमा जोड दिनुुभयो । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नेपालको समसामयिक अवस्था तथा परिषदको आगामी कार्ययोजनाका विषयमा धारणा राख्नुुभएको थियो ।

सो अवसरमा नेपाल वुद्धिजीवि परिषदका संस्थापक अध्यक्ष देवमणि गौतम, नेकपा एमालेका केन्द्रीय सदस्य मेनका पोख्रेल, पेशागत महासंघका केन्द्रीय सदस्य उद्धव न्यौपाने, पेशागत महासंघ दाङका अध्यक्ष अरुण आचार्य, नेकपा एमाले दाङका सदस्य एवं स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, प्राध्यापक श्याम आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सचिव भागवत पौडेललगातले बोल्नुुभएको थियो । वुद्धिजीवि परिषदका केन्द्रीय सदस्य विकास गौतमको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण सचिव केबी चौधरीले गर्नुुभएको थियो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्