२०८१ भाद्र २९ गते शनिवार

राष्ट्र स्वस्थ बन्न सकेनः पूर्व सभामुख महरा



२८ फागुन,घोराही – प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्र स्वस्थ बन्न नसकेको बताउनुभएको छ ।
अल्फा तेक्वान्दो डोजाङ्ग घोराहीले आज आयोजना गरेको सम्मान तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै देशका नागरिक शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ हुँदै गएपनि राजनीतिक दलहरुको बोली र व्यवहार स्वस्थ हुन नसक्दा राष्ट्र नै अस्वस्थ बन्न पुगेको बताउनुभयो ।

उहाँले अहिले खेल क्षेत्रमा हरेक नागरिकको आकर्षण बढ्दै गएकाले यसको पूर्वाधार विकासमा सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

खेलकुदको विकासका लागि तीन वटै तहका सरकारले भने जति लगानी गर्न नसक्दा अहिले पनि खेलाडीले खेलमैत्री वातावरण पाउन नसकेको बताउँदै नागरिकको स्वास्थ्य र खेलकुदको विकासका लागि पूर्वाधार विकासमा लगानी गर्न अपिल गर्नुभयो ।

यस्तै र, उहाँले आफु््नो तर्फबाट पनि सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ । अल्फा तेक्वान्दो घोराहीका प्रमुख प्रशिक्षक दिपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडीहरुको खेल सहजताका लागि खेल सामग्री म्याटलगायत अरु सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका ६९ जनालाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

२ लाख २२ हजारमा खरिद गरिएको म्याट पाएपछि तेक्वान्दो प्रशिक्षार्थी खुशी भएका अल्फा तेक्वान्दोकि प्रशिक्षक सुनिता बिष्टले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्