२०८० फाल्गुन ११ गते शुक्रवार

दाङमा आजबाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदै



२८ फागुन,घोराही – दाङमा आजबाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदै छ । जिल्लामा ११ औं चरणसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाए पनि सबैले औषधि नखाएका कारण यो वर्ष जिल्लामा १२ औं पटक औषधि खुवाइने भएको हो । जिल्लामा अझै पनि हात्तीपाइले रोगको जोखिम रहेकाले सबै नागरिकलाई औषधि खुवाउन थालिएको कार्यालय दाङका स्वास्थ्य प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो ।

आजबाट शुरुहुने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान दुई हप्तासम्म चल्नेछ । यो पटक व्यक्तिको उचाइअनुसार औषधि सेवन गराउने तयारी छ । लुम्बिनी प्रदेशमा दाङसहित बाँके र कपिलवस्तुमा पनि हात्तीपाइले रोगको जोखिम र यसलाई कम गर्न सबैले औषधि सेवन गर्न उहाँको अनुरोध छ ।

यसैबिच गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीहरु, कडा रोग लागेर औषधि सेवन गरिरहेकाहरु, क्यान्सर, मुटुरोगी, कलेजो फोक्सोको दीर्घ रोगी, छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्