२०८२ बैशाख १२ गते बिहिवार

राप्तीमा ८५ प्रतिशत जेष्ठ नागरिकलाई खोप



२८ फागुन,देउखुरी दाङ ।
राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाउनु भएको छ । नेपाल सरकारले ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णय संगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना जेष्ठ नागरिकले खोप लगाउनु भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

ब्यापक सुचना प्रवाहका साथ सुविधाका लागि केहि वडाले सवारी साधन उपलब्ध गराई जेष्ठ नागरिकलाई खोप लगाईएको थियो ।
चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देविकोट स्वास्थ्य ईकाई र चन्दुली खोप केन्द बाट ६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिईएको थियो ।

६५ बर्षमाथिका जेष्ठ नागरिक लाई कोभिड १९ बाट बचाउन खोप दिने क्रममा हाल घरमा केहि जेष्ठ नागरिक नरहेको कारण शत प्रतिशत खोप सेवा दिन नसकेको संयोजक नारायण राउतले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्