२८ फागुन,काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा)ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।
जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्न लागेको हो । पार्टी कार्यालय ग्वार्कोमा आज दिउँसो एक बजे बस्ने बैठकले संसदीय दलको नेता टुंगो लगाउने भएको हो । सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाका शीर्ष नेताहरूले आज नेकपा एमालेसँग सत्ता समीकरणका लागि वार्ता गर्दैछ ।
मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज पनि वार्ता बस्न लागेको हो । बिहीवार एमाले र जसपाका नेताबीच बसेको बैठक सकारात्मक उन्मुख भएको थियो ।