३० माघ, घोराही- दाङको घोराहीमा जारी जिल्लाकोसर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा विएफएल क्लव विजयी भएको छ ।
लुम्बिनी फुटबल एकेडेमीको आयोजनामा एकडेमीकै खेलमैदान घोराही १७ गैरागाउँमा आज भएको खेलमा बिएफएक घोराहीले काक्रेबिहार फुटबल क्लव सुर्खेतलाई २–१ गोल अन्तरले हराएको आयोजक लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो ।
अब सेमिफाईनलमा एसएसएफए र लुम्बिनी एफएसँग र दोस्रो सेमिफाईनलमा राइजिङ स्टार र बिएफएल बीच खेल हुनेछ । प्रतियोगितामा विभिन्न ८ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । ।।