२९ माघ,घोराही – मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले आज आयोजना गरेको मैत्रीपूर्ण खेलमा ६–५ गोल अन्तरले पत्रकार महासंघको टिम बिजयी भएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आरके शीतल र गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापाको कप्तानीमा भएको खेलमा महासंघको टिम ६–५ गोल गर्दै बिजयी भएको हो । पहिलो हाफमा २–१ गोल अन्तरले पछि परेको महासंघको टिमले दोश्रो हाफमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै कमव्याक गर्दै जित निकालेको हो ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायतको टिमलाई गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापालगायतले मायाको चिनो प्रदान गर्नुभएको थियो ।।