२०८१ माघ १२ गते शनिवार

लुम्बिनी प्रदेशः सिईओ नियुक्तिमा सर्वोच्चको आदेश निष्क्रिय



२९ माघ, घोराही –
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई कामकाज गर्न सहज हुने भएको छ । यसअघि नियुक्त हुनुभएका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले प्रदेश सरकारलाई विपक्षी बनाई सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

यो मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्दै मजगैयाँलाई कामकाज गर्न बाटो खोलेको थियो । तर स्वयं मजगैयाँले मुद्दा फिर्ता लिएपछि भने सर्वाेच्च अदालतले पुस ९ गते जारी गरेको अन्तरिम आदेश निष्क्रिय भएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले उत्प्रेषण जारी गर्दै अन्तरिम आदेश समेत निष्क्रिय भएको बारेमा विपक्षी निकायलाई जानकारी दिई मुद्दाको दायरीको लगत कट्टा गर्न अभिलेख शाखालाई बुझाउन भनिएको छ ।

अघिल्लो सरकारले ध्रुव मजगैयाँलाई चार वर्षे कार्यकाल हुनेगरी २०७६ माघ १३ गते नियुक्त गरेको थियो । कम्तिमा दुई वर्ष कार्यकाल बाँकी छँदै मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको थियो ।।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्