३० माघ,दाङ ।
रोटरी इन्टरनेशनल र रोटरी क्लब दाङको सहयोग र क्रियटिङ पोसिबिलिटिज नेपाल ९सीपी नेपाल० को आयोजनामा संचालन हुने आर्थिक समुदाय विकास परियोजनाको उद्धघाटन गरिएको छ । सीपी नेपालका कार्यसमिति सदस्य जुनु चौधरीको सभाध्यक्षता र रोटरी क्लब दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको उद्धाघाटन गरिएको हो ।महिला र युवायुवतीको शिप विकास गरी उनीहरुलाई आर्थिक तथा रोजगारीमा टेवा पुर्याउने उदेश्यले संचालन हुने यस परियोजनाले गढवा गाउँपालिकामा महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अतिथि पाण्डेले बताउनु भयो ।
सो कार्यक्रममा रोटरी क्लब अफ लमहिका अध्यक्ष रविलाल आचार्य, रोटरी क्लब अफ दाङका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ, प्रिसिडेन्ट नोमिनी ओबिन्द्र महरा, प्रसिडेन्ट इलेक्ट राजीव उल्ला खान र सीपी नेपालका निर्देशक दिनेशराज सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
परियोजना गढवा गाउँपालिका भित्रमा संचालन हुने र त्यस परियोजनामा विभिन्न ९ वटा तालिमहरू संचालन हुने जनाइएको छ । रोटरी क्लब अफ दाङका टिआरएफ चिफ तथा परियोजना फोकल पर्सन प्रदिप मजगैयाको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन परियोजनाका कार्यक्रम संयोजक हेमराज शर्माले गर्नुभएको थियो । साथै सोही अवसरमा १० जना महिलाहरुका लागि ढकिया बुनाई तालिमको पनि शुरुवात गरिएको छ ।