३० माघ,घोराही ।
दाङमा प्रहरीले दुई जनालाई अबैध सुन चाँदी सहित पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका ३ गोग्लीबाट तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टा घर भई हाल घोराही १५ दिपशिखा रोडमा डेरा गरि बस्ने २५ बर्षिय प्रकाश डाँगीको साथबाट २ सय ८ ग्राम ३२ मिलिग्राम सुन र भारत बलरामपुरका ३५ बर्षिय पंकज कुमार गुप्ताको साथबाट एक किलो पाँच सय १५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
सुनको मूल्य १६ लाख ६९ हजार ९ सय १३ रुपैयाँ र चाँदीको मूल्य ५१ हजार ४ सय १३ रुपैयाँ हुने प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार