२०८१ फाल्गुन ४ गते आइतवार

बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी घाइते



३० माघ ,पर्सा।

पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ । बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको हो। झडपमा परी सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन्।
घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए। उनका अनुसार पिडारीगुठी र महादेवपट्टीको बोर्डर आउट पोस्टबाट प्रहरी टोली तस्करी नियन्त्रणका लागि गएका थिए।

जगन्नाथपुर गाउँपालिका(१ को ओरिया खोलामा बालुवा झिक्न नेपालपट्टीको दसगजा क्षेत्रमा आएका तस्करहरूसँग प्रहरीको झडप भएको थियो। ‘तस्करहरूले बेल्चा प्रहार गर्दा प्रहरी घाइते भएका हुन्,’ गौतमले भने। सुरूमा पाँच(सात जनाको संख्यामा पारिबाट मानिस आएका थिए। तीन वटा ट्याक्टरसहित आएका उनीहरूलाई लखेट्न सशस्त्र प्रहरी गएका थिए । ‘लखेट्ने क्रममा अन्य २५ जना बढी मानिस आए, प्रहरीले बेल्चा खोसेर तस्करलाई भारततिरै लखेटेको छ,’ गौतमले भने।सीमावर्ती क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रणमा प्रहरीहरू परिचालनको क्रममा यस्ता घटना सामान्य रहेको दाबी उनले गरे।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्