२०८१ फाल्गुन ३ गते शनिवार

भोली सुगुर मार्ने दिन घोराहीले दियो सार्वजनिक विदा



२८ पुस, घोराही – दाङको घोराही उपमहानगरपालिकाले माघी पर्वको अबसरमा भोली पुस २९ गते सार्वजनिक विदा दिएको छ । आईतबार बसेको नगर कार्यपालिका बैठकले नेपालीहरुको महान पर्व मकर संक्रान्ति २०८१ तथा थारु संवत २६४८ (माघी पर्व) को पावन अवसरमा सम्पूर्ण नगरबासी महानुभावहरुमा सुख, शान्ति, सम्वृद्धी र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सार्वजनिक विदा दिएको हो ।

थारु समुदायको विशेष पर्व माघीमा अघिल्लो दिन सुगुर मार्ने दिन रहेकोले भोली सोमबार घोराही उपमहानगरपालिका अन्तर्गतका सबै कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्