२०८१ फाल्गुन ३ गते शनिवार

दाङमा पृथ्वी जयन्ती मनाइयो



२८ पौष, दाङ- घोराही र तुलसीपुरमा शनिबार पृथ्वीनारायण शाहको ३०३ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
कार्यक्रम राष्ट्रिय शक्ति, विपि कांग्रेस, राप्रपा, शिव सेना नेपाल, वैदिक सनातन धर्मलगायत १३ वटा राष्ट्रवादी घटकले संयुक्त रुपमा गरेका थिए । ट्राफिकचोकबाट शुरु भएको ¥याली गणेश मन्दिर हुँदै बजार परिक्रमा गरी पृथ्वीचोक पुगी सभामा परिणत भएको थियो ।
 राप्रपाका अध्यक्ष किशोर न्यौपानेको अध्यक्षता एवं पृथ्वी प्रतिष्ठानका अध्यक्ष नमबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु गंगा चौधरी, अमर वलीलगायते पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा स्वागत राष्ट्रिय शक्तिका सल्लाहकार मदन सुवेदीले र सञ्चालन प्रतिष्ठानका सचिव केवी घर्तीले गर्नुभएको थियो ।
यसैगरी तुलसीपुरमा पनि पृथ्वी जयन्ती मनाइएको थियो । तुलसीपुर–६ लक्ष्मीनारायण मन्दिरबाट शुरु भएको ¥याली टरिगाउँ एयरपोर्ट नजिक पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । पृथ्वीचोकमा माल्यार्पणपछि शिवसेना नेपालका अध्यक्ष देवीराम भण्डारीको अध्यक्षता तथा सूर्यपाकी महाराज स्वामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तेजबहादुर बस्नेत, धर्मगुरु मेघराज भट्टराई, खगेन्द्र बस्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिवसेना नेपालका उपाध्यक्ष प्रमोद अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिव सेनाका सचिव वासुदेव भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्