२८ पुस,घोराही –
दलहरुको अलमल र कानूनी जटिलताका कारण स्थानीय तहको अबको निर्वाचन अन्योलमा परेको छ । निर्वाचन आयोगले वैशाखभित्रै चुनाव गर्नुपर्न प्रस्ताव गरेपनि सरकारले अहिलेसम्म चासो देखाएको छैन् ।
कानूनी अप्ठ्यारो फुकाउन दलहरुले पनि अग्रसरता नलिँदा स्थानीय तहको निर्वाचन पर धकेलिने संकेत देखिन थालेका छन् । निर्वाचन आयोगका पदाधिकारीले पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीले दलहरुसँग सल्लाह गरेर निर्णयमा पुग्ने बताउनुुभयो । वैशाखमा चुनाव नभए स्थानीय तह जनप्रतिनिधि विहिन हुने भन्दै आयोगले चुनावका लागि ९० दिनको समय चाहिने भनेको छ ।
तर अहिलेसम्म चुनावका बारे छलफल भएको छैन । पदावधि सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानको व्यवस्था र पदावधि सकिनु २ महिना अगावै चुनाव गर्न सकिने ऐनको व्यवस्था छ ।।