२०८१ मङ्सिर २५ गते मङ्गलवार

लुम्बिनीमा होल्डिङ सेन्टरको काम सुस्त



२८ पुस,घोराही –
लुम्बिनी प्रदेशका सीमा नाकामा कोरोना संक्रमितलाई राख्न बन्दै गरेको होल्डिङ सेन्टर निर्माणको काम सुस्त गतिमा रहेको छ । सरकारले एक वर्षअघि लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र सुठौलीमा एक/एक हजार क्षमता तथा बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा एक हजार ५ सय क्षमताको होल्डिङ सेन्टर बनाउने घोषणा गरेको थियो ।

एक वर्षको अवधिमा कपिलवस्तुका दुई होल्डिङ सेन्टर मध्ये एउटाको ९० प्रतिशत र अर्कोको ८० प्रतिशत निर्माणको काम पूरा भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभएको छ । शर्माका अनुसार नेपालगञ्जको होल्डिङ सेन्टरको काम पनि ८० प्रतिशत पूरा भएको छ । बेलहियामा होल्डिङ सेन्टर निर्माणको काम शुरु हुन सकेको छैन ।

होल्डिङ सेन्टर नबन्दासम्म निजी होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गरिने शर्माको भनाइ छ । होल्डिङ सेन्टर निर्माणको काम छिटो पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको प्रदेश सरकारले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्