२०८१ मङ्सिर १६ गते आइतवार

दाङका थारु समुदायमा माघि पर्वको रौनक



२८ पुस,घोराही –
माघि पर्व नजिकिदै गर्दा दाङका थारुको समुदायका बस्ती माघिमय बन्दै गएका छन् । थारुहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । जस्ले गर्दा दाङ सहित देउखुरी क्षेत्रका थारु समुदायका विभिन्न बस्ती यतीबेला माघिमय बन्दै गएको हो ।

थारु समुदायका युवतीहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गर्नमा व्यस्त रहेका छन् भने पुरुषहरु माघीका लागि मासुको जोहो गर्न जुटेका छन् । नयाँवर्षको रुपमा उल्लासका साथ मनाइने माघी पर्वको चहलपहल थारु बस्तीमा सुरु भइसकेको छ ।

माघी थारु समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको लमही नगरपालिका वडा नम्बर ७ प्रेमलाल चौधरीले बताउनुभयो । माघीमा आफन्त आउने भएको हुनाले उनीहरुको सत्कारका लागि तयारी सुरु गरेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्